काठमाडौं साउन १९ गते ।
सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि बस्ने भएको छ । बालुवाटारमा आज बस्ने बैठकले सरकारका न्यूनतम साझा कार्यक्रम, सरकार संचालन कार्यविधि र आचारसंहिता टुङ्गो लगाउने नेताहरुले बताएका छन् ।
“आजको बैठकले न्यूनतम साझा कार्यक्रम, सरकार संचालन कार्यविधि र आचारसंहिताका विषयमा छलफल गरेर सहमति जुटाउने छ,” कार्यदलका एक सदस्यले भने । हिजो नै सहमति जुटाउने प्रयास भए पनि आजका लागि थाँती राख्दै बैठक सकिएको थियो ।
साझा कार्यक्रम तयार गरेर केही दिनभित्रै मन्त्रिपरिषदलाई पूर्णता दिने तथा सरकार संचालनलानई पनि प्रभावकारी बनाउने सत्ता गठबन्धनको तयारी छ ।केपी शर्मा ओलीको सरकारको विकल्पमा शेरवहादुर देउवा नेतृत्वमा असार २९ गते नै सरकार गठन भए पनि गठबन्धनको समझदारी भइनसक्दा सरकारले पूर्णता पाएको छैन ।
सत्तारुढ दलहरु आआफ्नै समस्यामा हुँदा सत्ता गठबन्धनले मन्त्रिपरिषदलाई पूर्णता दिन तथा सरकारको साझा कार्यक्रम बनाउन सकेका छैनन् । प्रधानमन्त्री बनेको तीन साता भइसक्दा पनि मन्त्रिपरिषद विस्तार नहुँदा प्रधानमन्त्रीसँगै सत्ता गठबन्धनको आलोचना बढेको छ । फाइल तस्वीर
Discussion about this post