काठमाडौं साउन २१ गते ।
जापानले नेपाललाई दिन लागेको १६ लाख अस्ट्राजेनिका खोपमध्ये आधा शनिबार र आइतबार काठमाडौँ आइपुग्ने भएको छ।
नेपालस्थित जापानी राजदूत किकुताका अनुसार १६ लाखमध्ये आधा भ्याक्सिन बिहीबार र शुक्रबार काठमाडौँतर्फ लैजाने कार्यक्रम छ। यसबाहेक बाँकी भ्याक्सिन उपयुक्त समयमा काठमाडौँ ल्याइने भनी जापानी राजदूतले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
जापानबाट पठाएको खोप स्वास्थ्य मन्त्रालयको समन्वयमा उचित तरिका वितरण गरिने आशा पनि राजदूत किकुताले गरेका छन्।
कोभिड १९ को महामारीका समयमा जापानी राजदूतावासले बढीभन्दा बढी जीवन जोगाउन नेपाल सरकारसँग मिलेर काम गरिरहेको पनि दूतावासले जनाएको छ।
Discussion about this post