बाँके साउन २१ गते ।
नेपालगन्जस्थित जिल्ला कारागारका कैदीबन्दीलाई आज कोरोना विरुद्धको खोप लगाइने भएको छ । एक डोज मात्रै लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको ज्यान्सन खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार, कारागारभित्रै उनीहरुलाई खोप लगाइने छ । शर्माले दिएको जानकारी अनुसार, ३ सय ५० जना हाराहारीलाई कोभिड विरुद्धको खोप लगाउन लागिएको हो । बाँकेमा अहिलेसम्म १ लाख २ हजारले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका छन् ।
त्यस्तै ४७ हजार ७ सय ३७ जनाले खोपको दुवै डोज पूरा गरेका छन् । बाँकेमा कोभिड विरुद्धको खोप लगाउने लक्षित समूहको संख्या ३ लाख ८० हजार रहेको छ ।
Discussion about this post