बाँके साउन २५ गते ।
नेपालगन्ज भन्सार छलि भित्र्याइएको सामान प्रहरीले बरामद गरेको छ ।
भन्सार छली चोरी पैठारीगरी अटो रिक्साका सामान, कपडा,कस्मेटिक सामानहरु नेपाल तर्फ भित्रन लागेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले नेपालगंज उपमहानगरपालिका वडा नं १० बाट वेवारिसे अवस्थामा ६ वोरीमा रहेको उक्त सामान बरामद गरेको हो ।
प्रहरीका अनुसार करिव ४२ लाख ८ सय ५० रुपैयाँ मूल्य बराबरको सो सामान नेपालगंज भन्सार कार्यालयमा बुझाएको छ ।
Discussion about this post