खोजखबर संवाददाता सल्यान,असोज १ गते ।
कपुरकोट गाउँपालिका सल्यानका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ । झण्डै दुई वर्ष कपुरकोटमा रहेका प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर प्युठानको सरुमारानि गाउँपालिका गएका हुन् । उनलाइ बुधबार गाउँपालिकाले एक कार्यक्रमका विच सम्मान सहित विदाइ गरेको छ ।
कार्यक्रममा जनप्रतिनिधी तथा कर्मचारिहरुले रिजाल कुशल प्रशासक रहेको चर्चा गर्दै उनले कपुरकोटको समृद्धिका लागी उत्कृष्ट मार्ग तयार गरेको बताएका थिए । गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा उत्कृष्ट कार्य गरेको भन्दै रिजालको मिहेनत र परिश्रममा गाउँपालिकाले ३० वटा भन्दा बढि ऐन, नियम तथा कार्यविधि ल्याउन सफल रहेको उल्लेख गरे ।
यस्तै उपाध्यक्ष तिला बुढा मगरले कुनै पनि निर्णय सोँच विचारका साथ गर्ने रिजालको आगामी कार्यकाल अझै सफल बन्ने विश्वास ब्यक्त गरिन् । विदाइ भएर जाँदै गर्दा प्रमुख प्रशासकीय अधिकृत रिजालले आफुले कपुरकोटबाट धेरै अनुभव संगालेको बताए । कर्मचारि तथा जनप्रतिनिधीसंग कस्तो खालको समन्वय गर्नुपर्छ भन्ने धेरै विषयको अनुभव पहिलोपटक कपुरकोटबाट प्राप्त गरेको उनको भनाइ थियो ।
शंकर केसीले सहजिकरण गरेको कार्यक्रममा गाउँपालिकाका प्रवक्ता यम कुमार वस्नेत, कर्मचारिको तर्फबाट देवेन्द्र कुमार सेन लगाएतले विदाइ मन्तव्य राख्दै रिजालमा सबै कर्मचारिलाइ समान नजरले हेर्ने प्रशासक भएको भन्दै उनको प्रसंशा गरेका थिए । रिजाल २०७० साल चैत्र ५ गते देखि सरकारि सेवामा प्रवेश गरेका थिए । २०७४, असोज २९ गतेदेखि हाल सम्म कपुरकोट गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेका उनले महत्वपूर्ण काम गरेका थिए ।
Discussion about this post