जावेद अन्सारी बाँके असोज १ गते । बाँकेको खजुरागाउपालिका सिमलघारी लगायत स्थानमा ७ घर डुबानमा परेका छन । डुबानमा परेका हरुको उद्धारको लागी स्थानीय, गाउपालिका तथा विभिन्न सुरक्षा निकायहरु घटना स्थलमा तैनाथ रहेका छन। डुबानमा परेकाहरुको लागी पाल लगायत अन्य सामाग्रीहरु समेत तयारी अबस्थामा राखिएको छ।
अहिले सम्म कुनै पनि अपृय घटना नघटेको र घटना घट्न नदिन जिल्ला प्रशासन कार्यालय बाँके सचेत रहेको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख अधिकारी कुमार बहादुर खड्का ले जनाएका छन् । डुबानमा परेका हरुलाई उद्धार गरी सुरक्षित स्थानमा समेत सारिएको प्रमुख अधिकारी खड्काले जानकारी दिनुभयो ।
बुधवार बिहान ७ बजेबाट शुरु भएको वर्षा प्रतिघण्टा १८.७ मिलिमिटर (एमएम) परिरहेको जल तथा मौसम विज्ञान विभाग, नेपालगञ्जका फिल्ड इञ्चार्ज पलबहादुर विकले जानकारी दिए । उनले दिनभर ६९.६ मिलिलिटर वर्षा हुने अनुमान जल तथा मौसम विज्ञान विभागले गरेको बताए । अंग्रेजी महिनाको जुन, जुलाई, अगष्ट र सेप्टेम्बरलाई वर्षा हुने महिनाको रूपमा लिने गरिन छ ।
Discussion about this post