बाँके साउन २८ गते ।
बाँकेको जमुनाहबाट ठूलो परिमाणमा चाँदीसहित एकजना पक्राउ परेका छन् । मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिका–६ का कर्माथिले तामाङलाई १५ थान ८५ तोला चाँदीका कन्दनसहित पक्राउ गरिएको जमुनाहका इन्चार्ज पूर्ण खत्रीले जाकनारी दिनुभयो ।
भारतीय बजार रुपैडिहाबाट कपडाको बोरामा चाँदी लुकाएर नेपाल ल्याउँदै गर्दा जमुनाहबाट तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मधुसुदन न्यौपानेको भनाइ छ ।
बरामद गरिएको चाँदी र तामाङलाई कारबाहीका लागि भन्सार कार्यालय नेपालगन्जमा पठाइएको प्रवक्ता न्यौपानेले बताउनुभयो । ‘नाकामा शंकास्पद भएपछि चेकजाँच गरेका थियौं,’ जमुनाह नाकाका सइ खत्रीले भन्नुभयो–‘ ‘कपडाभित्र लुकाइछिपाइ राखेको अवस्थामा चाँदी भेटियो ।’
बुधबार साँझ नै भन्सार छली गरेर ल्याएको करिब एक लाख ६ हजार बराबरको कपडासमेत प्रहरीले जमुनाहबाट बरामद गरेको छ ।
Discussion about this post