खोजखबर संवाददाता सुर्खेत असोज १ गते । कर्णाली प्रदेश सरकारले विपद जोखिम विरुद्ध कर्णाली वासीहरुको सामुहिक दुर्घटना विमा कार्यक्रमको सुभारम्भ गरेको छ । प्राकृतिक विपद्मा कर्णाली प्रदेश उच्च जोखिमा रहेको र पटक पटक ठुलो क्षति व्यहोरेकाले वीमा कार्यक्रम संचालनमा ल्याईएको हो ।
आज वीरेन्द्रनगरमा एक समारोहका विच कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशवासी लाभान्वित हुने गरी सामूहिक दुर्घटना बीमा कार्यक्रम सम्बन्धी सम्झौता गरेको छ । कर्णाली प्रदेशमा हरेक प्रकारका प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको प्रदेश भएकाले जनतालाई राहत दिन बीमा कार्यक्रम लागू गरिएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वताएका छन् । कर्णाली प्रदेशका अधिकाश भुभाग पहाड, भीरपाखाहरु भएको र, आगलागी, चट्याङ, बाढीपहिरो जस्ता विपत्ति कर्णालीमा आउने गरेकाले जनतालाई राहत दिने अपेक्षासहित बीमा कार्यक्रम ल्याएको वताए । मुख्यमन्त्री शाहीले विपदको उच्च जोखिममा रहेको कर्णालीका नागरिकले हरेक वर्ष ठूलो क्षती बेहोनु पर्ने अवस्थालाई ध्यानमा राखी सरकारले राहात स्वरुप वीमा कार्यक्रम सुरू गरेको बताए ।
आन्तरिक मामिला तथा कानून मन्त्रालय र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबीच सम्झौता भएसंगै अवको केही सातावाट कर्णालीका १७ लाख ७० हजार नागरिकहरुको विमा कार्यक्रम लागु हुने भएको छ । कर्णाली प्रदेश सरकारले कर्णालीवासी नागरिकहरुको प्रतिव्यक्ति ७ रुपैयाका दरले १ करोड २३ लाख ९० हजार रुपैया विमा कम्पनिलाई भुक्तानि गर्ने र विपदका कारण मृत्यु भएमा प्रति परिवारले १ लाख रुपैयाका दरले कम्पनिले क्षतिपुर्ति दिने जनाएको छ ।
विमा कार्यक्रमका लागि सरकारले चालु आवमा १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्धारा कार्यान्वयन गरिने विमा कार्यक्रममा कर्णालीका हरेक नागरिकहरुले १ लाख रुपैयाको निशुल्क विमा सुविधा प्राप्त गर्नेछन् । कर्णाली प्रदेश सरकारले गरेको बीमा कार्यक्रमको सम्झौता ऐतिहासिक भएकोे आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बताउनुभएको छ ।
कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सम्वद्ध निकायलाई निर्देशन गदै मन्त्री भण्डारीले गरिविले आक्रान्त पारेको कर्णाली प्रदेशमा कर्णाली प्रदेश सरकारले हरेक जनताहरुको पोल्टामा उपहार प्रदान गरेको वताउनुभयो ।
विमा कार्यक्रम अन्तरर्गत कर्णालीवासीको लागि विपद् जोखिम सामुहिक दुर्घटना वीमा र जोखिम ग्रस्त क्षेत्रका लागि आवाशिय भवनहरुको सम्पति विमा समेत गरिने छ । विमा कार्यक्रममा १० जिल्ला अन्तरर्गत जोखिम ग्रस्त क्षेत्रमा रहेका १० हजार निजि आवाशिय भवनहरुको सम्पति विमा अन्तरगत घर विमा समेत गरिने भएको छ ।
सरकारले गर्ने विमा दुई प्रकारका रहने सम्झौतामा उल्लेख गरिएको छ । सम्झौतामा नागरिक विमामा प्रतिव्यक्ति ७ रुपैया र घर सम्पति विमामा प्रतिधर ५ सय रुपैया कर्णाली प्रदेश सरकारले विमा कम्पनिलाई खर्चने छ । यता विमा कम्पनिले भने प्राकृतिक विपदिमा परि मृत्युहुने नागरिकलाई प्रतिव्यक्ति १ लाख रुपैया र घरसम्पति नस्टहुनेलाई जनही ५ लाख रुपैया प्रदान गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
Discussion about this post