एजेन्सी
काठमाडौं भदौ ३ गते ।
तालिवानले सत्ताच्युत गरेको अफ्गानिस्तानका राष्ट्रपति असरफ घानी युनाईटेड अरब इमिरेट्स ९युएई० पुग्नुभएको छ ।घानी र उनको परिवारलाई मानवताको धरातलमा शरण दिएको युएईले प्रष्ट पारेको छ ।
युएई पुगेपछि एउटा भिडियो सन्देश जारी गर्दै घानीले आफु देश छोडेर भागेको नभई संभावित रक्तपात र विध्वंश रोक्न उचित कदम लिएको तर्क गर्नुभएको छ । आफु अफ्गानिस्तान फर्किनको लागि नियमित संवादमा रहेको समेत घानीले जिकिर गर्नुभयो ।
आफुले अफ्गानिस्तान छाड्दा ठूलो परिमाणमा पैसा लिएर भागेको भन्ने आरोप ७२ वर्षिय घानीले अस्विकार गर्नुभयो ।
Discussion about this post