खोजखबर संवाददाता
बाँके असार ११ गते । अन्तरास्ट्रिय लागु पदार्थ विरुद्ध दिवसको अवसरमा प्रेरणादायी चेतनामूलक कार्यक्रम नेपालगन्जमा गरिएको छ । नेपाल मानव धर्म सेवा समिति राप्ती(भेरी क्षेत्र आश्रम नेपालगन्ज बाँकेले उक्त कार्यक्रम गरेको हो ।
अन्तरास्ट्रिय लागु पदार्थ विरुद्ध दिवसको अवसरमा भएको उक्त प्रेरणादायी चेतनामूलक कार्यक्रममा नेपाल मानव धर्म सेवा समिति राप्ती(भेरी क्षेत्र आश्रम नेपालगन्ज बाँकेका प्रभारी नन्दनि बाईजीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रेरणादायी विचार आगमन सिंहले राखेका थिए ।
कार्यक्रममा बोल्ने बक्ताहरुले विशेष गरेर बढ्दो लागु औषध दुरुपयोग ओसार पसारलाई रोकथाम र नियन्त्रणमा जनचेतना फैलाई स्वस्थ्य जीवन जीउने वातावरण श्रृजनाका लागि जोड दिए । साथै उनिहरुले लागु पदार्थको प्रयोगबाट निस्कने परिणाम निकै नै डरलाग्दो हुने बताउदै यसले व्यक्ति स्वयंलाई मात्र नभएर, परिवार, समाज, राजनीति, राष्ट्रिय र अन्तर्रा्ष्ट्रियरुपमै खतरा पैदा गर्ने बताए ।
कार्यक्रममा लागु औषधको क्षेत्रमा काम गर्दे आएका संघ संस्थाका प्रतिनिधि लगायत सर्वसाधरणको उपस्थिति थियो ।
Discussion about this post