वसिम अन्सारी
बाँके भदौ ६ गते ।
ट्राफिक प्रहरीले नेपालगन्जबाट ७० वटा ई- रिक्सालाई नियन्त्रण गरि कारबाही गरेको छ। १८ वर्ष नपुगेका र ६० वर्ष माथि उमेर समुहका चालकलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजु भण्डारीले जानकारी दिनु भयो ।
नेपालगन्जको गणेशमान चोकमा बिषेश चेकजाँच गर्दै कागजपत्र साथमा नबोकेका सवारि चालक प्रमाणपत्र नबिकेकालाई पनि कारबाही गरिएको छ ।
उनिहरुलाई पहिलो पटक सचेततामुलक प्रशिक्षण समेत दिने काम भएको छ । आगामी दिनमा समेत गल्ती दोहोर्याए फेरि जरिवाना गरिने भण्डारीले बताउनु भयो ।
दुर्घटना न्यूनीकरण गर्न र ट्राफिक नियम पालना गर्न गराउन यो अभियान थालिएको प्रहरीको भनाई छ।
Discussion about this post