बाँके भदौ ११ गते ।
सरकारले श्रीकृष्ण जन्माष्टमीका दिन भदौ १४ गते सार्वजनिक विदा दिने भएको छ।
गृह मन्त्रालयले मन्त्रिपरिषदको निर्णयअनुसार भदौ १४ गते सोमबार श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा देशभरि सार्वजनिक विदा हुने जनाएको छ। मन्त्रिपरिषदको भदौ ३ गतेको बैठकले कृष्ण जन्माष्टमीमा देशैभरि विदा दिने निर्णय गरेको हो।
हिन्दु धर्मावलम्बिहरुले कृष्ण जन्माष्टमीलाई बिशेष पर्वका रुपमा मनाउने गर्दछन् । यस दिन कृष्ण मन्दिरहरूमा पूजा अर्चना गरिनुको साथै धार्मिक झाँकीहरू निकालेर भगवान कृष्णको संझना गर्ने गरिन्छ।
Discussion about this post