दार्चुला भदौ १५ गते ।
दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको आज एक महिना हुँदा पनि सरकारले घटनाको सत्यतथ्य पत्ता लगाउन सकेको छैन । भारतीय सशस्त्र सीमा बल एसएसबीले तुुइन खुुस्काइदिएपछि धामी नदीमा बेपत्ता भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
यसबारे छानबिन गर्न गठन भएको सरकारी समितिले प्रतिवेदन बुझाउन ढिलाइ गरेको छ । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्व रहेको समितिले तेस्रो पटक म्याद थप गरेर अनुसन्धान गर्दा पनि निष्कर्षमा पुग्न सकेको छैन ।
तेस्रो पटकको म्याद भोलि सकिँदैछ । तर प्रतिवेदन तयार नभएपछि फेरि म्याद थप्ने तयारी भैरहेको छ । संसदको राज्य व्यवस्था समितिले प्रतिवेदन छिटो सार्वजनिक गर्न सरकारलाई निर्देशन दिइसकेको छ । यसबीचमा सरकारले धामीको परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
Discussion about this post