बाँके भदौ १६ गते ।
बाँके प्रहरीले झन्डै डेढ लाख मूल्य बराबरको भन्सार छलिको सामाग्री बरामद गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका–१६ जयसपुरमा बेवारिसे अवस्थामा लत्ताकपडा, मोटरसाइकलका पाटपूर्जासहितको १ लाख ४८ हजार ६ सय ९० रुपैयाँ बराबरको सामान बरामद गरिएको बाँके प्रहरीले जनाएको छ ।
बरामद गरिएको सामान थप कारवाहीका लागि आज नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको मुद्दाफाटका इन्चार्ज खिमबहादुर घर्तिले जानकारी दिनुभयो ।
Discussion about this post