बाँके भदौ १६ गते ।
नेपालगन्जको भूमिसुधार कार्यालय सेवाग्राहीको सबैभन्दा बढी भीडभाड हुने कार्यालयमा पर्छ । सेवाग्राहीको भिडभाडन हुने यस्ता कार्यालय देख्दै आकर्षक, लोभलाग्दो र मनै भुलाउने खाले हुनु पर्ने हो ।
तर नेपालगन्जको भूमि सुधार कार्यालय यस्को ठिक उल्टो छ । कार्यालयभित्रको फोहर देखेर सेवाग्राही घिन मानिरहेका थिए । सबैभन्दा बढी फोहर शौचालय क्षेत्रमा थियो । जहाँ कति दिनदेखि फोहर नै सफा नगरे जस्तो अनुभूति हुन्थ्यो ।
शौचालयको हात धुने धारामा पानी आउँदैन । गुट्खा खाएर थुक्ने ठाउँ भएको छ । प्यान रातै छन् । गुट्खाका खोस्टाहरु सर्वत्र भेटिन्छ । सेवाग्राही व्यङ्ग्य गर्दैथिए, ‘धेरै कर उठाउने कार्यालयमा यति धेरै फोहर हुन्छ ।
सफाइ गर्ने बजेट हुँदैन कि ? कार्यालय फोहोरको डंगुरमा छ । कार्यालयबाट प्रवाह हुने सेवा पनि अस्तव्यस्त छ । मालपोतलाई कतिपयले घुस्याह कार्यालयको संज्ञा दिने गरेका छन । घुसखोरी कार्यालयको अवस्था यस्तै हो एकजना व्यंग्य गर्दै भन्दै थिए ।
Discussion about this post