बाँके भदौ २२ गते ।
विकास समृद्धि र सुशासन’ भन्ने पाँच वर्षे नारा तय गरेको छ । सरकारले यस वर्ष कोरोना भाइरसका कारणले कार्यालयमा नै दिवस मनाउन निर्देशन दिइसकेको छ ।
कार्यालयमा दिवस मनाउँदा पनि भौतिक दूरी र स्वास्थ्यका न्यूनतम मापदण्ड प्रयोग गर्नुपर्ने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । निजामती सेवा ऐन जारी भएकोदिनको सम्झनामा भदौ २२ गते निजामती दिवस मनाइने गरिन्छ ।
नेपालमा करिब ८० हजार निजामती कर्मचारी छन् । यस्तै निजामती सेवा दिवस, २०७८ का अवसरमा ४० कर्मचारीलाई पुरस्कृत गरिने भएको छ । पुरस्कृतमध्ये १० कर्मचारीलाई ‘उत्कृष्ट निजामती सेवा पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको छ भने ३० जनालाई निजामती सेवा पुरस्कारबाट सम्मानित गरिने भएको छ ।
दिवसका अवसरमा नेपालगन्जमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । यसअघि बेडमिन्टन प्रतियोगिता, वृक्षारोपन लगायतका कार्यक्रमा गरिसकिएको छ ।
Discussion about this post