बाँके भदौ २५ गते ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ बोल्दे घट्टे खोला क्षेत्रका बस्तीमा जमिन भासिँदा ६६ घर उच्च जोखिममा परेका छन् । जमिन भासिएपछि घट्टे खोला र तेलेसोङ खोलाको बीचमा रहेको घट्टे खाेला क्षेत्रका चार सय ५० परिवार विस्थापित भएका छन् ।
विस्थापित स्थानीयवासी एक हप्तादेखि सुरक्षित ठाउँमा रात कटाउँदै आएको गाउँपालिकाकी उपप्रमुख सिर्जना तामाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार कात्तिकेमा पनि आठ परिवार विस्थापित भएपछि पाँच टेन्ट उपलब्ध गराइएको छ । विस्थापित बोल्देका परिवार केहीलाई त्रिपाल उपलब्ध गराइएको छ भने कोही आफन्त कहाँ गएर बास बस्ने गरेको बताइएको छ ।
तेलेसोङ खोला ठाउँ–ठाउँमा सुरुङका रूपमा बग्ने गरेकाले जमिन भासिँने र चिरा पर्ने गरेको र त्याे ठाउँमा उद्धारका सामाग्री लैजान जोखिम रहेको उपप्रमुख तामाङले जानकारी दिनुभयो ।
Discussion about this post