बाँके भदौ ३० गते ।
राष्ट्रिय परीक्षा बोर्डले आजबाट कक्षा १२ को परीक्षा शुरु गर्दैछ । दुइपटक स्थगित गरिएको परीक्षा आजबाट शुरु हुन लागेको हो । विहान ११ बजेदेखि सुरु हुने परीक्षामा पहिलो दिन विद्यार्थीहरुले अंग्रेजी बिषयको परीक्षा दिँदैछन् ।
असोज ८ गते सम्म सञ्चालन हुने परीक्षामा बाँकेमा ६२ विद्यालयका करिव ६ हजार बिद्यार्थी सहभागी हुँदैछन् । परीक्षामा सहभागी सबै बिद्यार्थीहरुलाई कोभिड बिरुद्धको खोप लगाएपछि परीक्षा सञ्चालन हुन लागेको हो ।
आजबाट शुरु हुने परीक्षामा आफनै बिद्यालयमा परीक्षा केन्द्र कायम गरिएको छ । यसैबीच राष्ट्रिय परीक्षा बोर्डले कोभिड १९ संक्रमित बिद्यार्थीलाई पछि परीक्षा दिने व्यवस्था मिलाईएको छ ।
नियमित परीक्षा सकिए लगतै अर्को सुचना जारी गरी परीक्षा दिने ब्यबस्था मिलाइएको छ । संक्रमणकै अवस्थामा परीक्षा दिन चाहने बिद्यार्थीका लागि आइसोलशनको व्यवस्था मिलाउन सबै परीक्षा केन्द्रलाई निर्देशन दिइएको छ ।
Discussion about this post