एजेन्सी
काठमाडौं असोज १ गते ।
ठूलाे वर्षाका कारण भारतकाे उत्तर प्रदेशकाे जनजीवन प्रभावित भएकाे छ ।
केहीदिनदेखि परेकाे ठूलाे वर्षाका कारण उत्तर प्रदेशमा १५ जनाको ज्यान जानुका साथै केही बेपत्ता भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतको मौसम विज्ञान विभागले आज र भोलि पनि ठूलाे वर्षाको सम्भावना भएकाले सावधानी अपनाउन आग्रह गरेको छ । साथै उत्तर प्रदेश सरकारले आज र भोलि दुई दिन प्रदेशका सबै स्कुल कलेज बन्द गर्न भनेको छ ।
लगातार पानी परिरहेकाले जोखिमलाई मध्यनजर गर्दै आज र भोलि दुई दिन स्कुल बन्द गरिएको हाे।
कतिपय जिल्लामा हिजो एकैदिन एक सय मिलिमिटरभन्दा धेरै पानी परेको छ । रायबरेली, लखनउ, सुल्तानपुर र अयोध्यामा हिजो एक सय मिलिमिटर भन्दा धेरै पानी परेको छ ।
Discussion about this post