बाँके असोज ४ गते ।
बाँकेमा कोरोना संक्रमणबाट थप दुई जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँके र दाङका रहेका छन् । उनीहरुको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएकको हो ।
जिल्ला कोभिड १९ ब्यवस्थापन केन्द्रका अनुसार संक्रमणबाट खजुरा गाउँपालिका ४ बाँकेकी ७५ वर्षीया महिलाको मृत्यु भएको छ । उनलाई भदौं २८ गते कोरोना पोजेटिभ भएको थियो ।
त्यसको भोलीपल्ट उनी भेरी अस्पतालमा भर्ना भएकी थिईन् । यस्तै दाङ तुलसीपुर उपमहानगरपालिका ७ का ८२ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ ।
दाङमा गत भदौं १८ गते पिसिआर परिक्षण गराउँदा उनलाई कोरोना पुष्टी भएको थियो । त्यसको भोलीपल्ट उनी भेरी अस्पताल भर्ना भएका थिए । यो संगै कोरोना संक्रमणबाट बाँकेका ३ सय ३२ जनाको मृत्यु भएको छ ।
भने उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका ४ सय १४ जनाको मृत्यु भएको छ ।
Discussion about this post