काठमाडौं असोज ६ गते ।
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ। पार्टी सभापति शेरबहादुर देउवाले आज दिउँसो ३ बजे आफ्नो निजी निवास बूढानीलकण्ठमा पार्टीको पदाधिकारी बैठक बोलाउनुभएको हो ।
सरकारमा सहभागी हुने मन्त्रीहरुको नामका विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको देउवाको सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवाको प्रस्तावमा सत्तापक्ष गठबन्धनका नेताहरुले हिंजो परराष्ट्रमन्त्री बनाउन डा.नारायण खड्कालाई सहमति जनाएका छन् ।
तर, वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरूसँगको सल्लाहनगरी मन्त्री नियुक्त गर्ने निर्णय गरेको भन्दै मान्यनहुने बताउनुभएको छ ।
Discussion about this post