बाँके असोज ६ गते ।
नेपालगन्जमा कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा दिन सुरु गरिएको छ । पहिलो मात्रा लगाएकालाई कोरोना विरुद्धको भेरोसेलको दोस्रो मात्रा दिन सुरु गरिएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका निमित्त प्रमुख जागेश्वर बस्नेतले जानकारी दिनुभयो ।
रामलिला मैदानको बालमन्दिरमा खोप लगाउन लक्षित समूहको लाइन छ । ४५ वर्ष माथिका सबै र १८ वर्षमाथिका छुट विद्यार्थीलाई खोप लगाइने छ ।
बस्नेतका अनुसार असोज १२, १३ र १४ गते वडाका सबै स्वास्थ्य संस्थाबाट खोप लगाइने छ । खोप लगाउनजाँदाखोप कार्ड भने अनिर्वाय गरिएको छ ।
Discussion about this post