बाँके असोज ६ गते ।
दशैं खर्चको जोहो गर्न राउटेका मुखीयाको टोलि बाँकेको कोहलपुर आएका हुन् । बुधबार कोहलपुर आईपुगेका राउटेका मुखीया भद्र बहादुर शाहीले कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतसँग भेट गरेका छन ।
भेटका क्रममा राउटे समुदायका मुखीयाको टोलीले कोहलपुरका मेयर रावतसँग दशैं खर्चको जोहो गरीदिन आग्रह गरेका छन् ।
दशैं खर्च जोहो गर्नकैलागि कोहलपुर आएका उनिहरुलाई मेयर रावतले दशैं खर्च स्वरुप खसी खरिदका लागि नगद दश हजार उपलब्ध गराएको कोहलपुर नगरपालि अन्तर्गत आर्थिक विकास समितिका संयोजक डिल बहादुर परियारले जानकारी गराए।
भेटघाटकै क्रममा मेयर रावतसँग राउटे मुखिया भद्र बहादुर शाही लगायतको टिमले तस्विर समेत खिचेका थिए । घुमेन्ते जिवन बिताउने राउटे समुदाय नेपालको लोपउन्मुख जाती अन्तर्गत पर्दछन ।पछिल्लो समय जङ्गल मै घुमन्ते फिरन्ते जीवन बिताउने गरेका राउटे समुदायका शाही भने अहिले गाउँ शहरमा नि रमाउन लागेको बताउछन् ।
Discussion about this post