बाँके असोज ७ गते ।
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं ९ का दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले ४४ वर्षीय मनिराम थारु र ४३ वर्षीय धनिराम थारुलाई वन्यजन्तु ओसार पसार मुद्दामा पक्राउ गरेको हो । प्रहरी टोलीले उनीहरलाई बिहीबार पक्राउ गरेको जनाएको छ ।
थारुद्धयलाई जिल्ला अदालतले २०७३ असार १२ गतेको फैसलाले ११ महिना १० दिन कैद सजाय तोकिएकोमा निज हालसम्म फरार रहेका थिए । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत बाँकेमा बुझाईएको छ ।
Discussion about this post