सुर्खेत असोज १५ गते ।
फिरन्ते जिवन विताउने राउटेको पनि जनगणना गरिने भएको छ । तर अन्यको सकिएपछि अन्तिममा राउनेको जनगणना गरिने भएको हो । प्रदेश जनगणना कार्यालय सुर्खेतले राउटेहरु छिटो–छिटो बसाइँ सर्ने हुँदा छुट्ने वा दोहोरिन सक्ने भएकाले जनगणनाको अन्तिम समयमा गर्ने गरी समन्वय भइरहेको जनाएको छ ।
अति लोपोन्मुख यो समुदायमा हाल १४० जना छन् । जनगणनाका लागि सुर्खेतस्थित प्रदेश जनगणना कार्यालयले दैलेखको गुराँस गाउँपालिका र सल्यान जिल्ला जनगणना कार्यालयसँग समन्वय गरिरहेको छ ।
बाह्रौं राष्ट्रिय जनगणनाअन्तर्गत यही भदौ ३० गतेदेखि घरधुरी तथा घरपरिवार सूचीकरण कार्य जारी छ । यो कार्य असोज १८ गतेसम्म हुनेछ ।
Discussion about this post