बाँके असोज २२ गते ।
लुम्बिनी प्रदेश सरकार आज विस्तार हुँदैछ । मुख्यमन्त्री भएको दुई महिना पुग्नै लाग्दा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको हो ।
उहाँ साउन २८ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । आज शपथ गराउने तयारी गरिए पनि समय र मन्त्रीको नाम भने सार्वजनिक गरिएको छैन । यद्यपि माओवादीले मन्त्रीको नाम टुंग्याइसकेको बताइएको छ ।
कांग्रेसमा पनि करिव करिव टुंगो लागेको नेताहरुले बताएका छन् । कांग्रेसबाट बाँकेका सुरेन्द्र हमाल पनि मन्त्री बन्ने लगभग पक्का छ ।
हमाललाई वन वातावरण तथा भूसंरक्षण मन्त्रीको जिम्मेवारी दिने तयारी छ । नेपालगन्ज निवासी हमाल बाँकेको प्रदेशसभा २(ख) बाट निर्वाचित हुनुभएको थियो ।
Discussion about this post