बाँके असोज २६ गते ।
नेपालबाट यस वर्षको मनसुन बाहिरिएको छ । गत शुक्रबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागबाट बाहिरिएको यस वर्षको मनसुन आज देशको समग्र भू-भागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार सरदरमा २ अक्टोबरमा नेपालबाट बाहिरिने मनसुन यस वर्ष औसत मिति भन्दा ९ दिन ढिलो गरी बाहिरिएको हो । यस वर्षको मनसुन जुन ११ ९जेठ २८० मा भित्रिएको थियो ।
Discussion about this post