काठमाण्डाै असोज २८ गते ।
प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टाेलीलाई बधाई दिनुभएकाे छ ।
प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत नेपाली टाेलीलाई बधाई दिनुभएको हो । उहाँले आउँदाे खेलका लागि शुभेच्छासहित नेपाली टाेलीलाई प्रोत्साहन पनि प्रदान गर्नुभएको छ ।
हिजाे भएको खेलमा बङ्गलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।
उहाँले लेख्नुभएको छ ‘साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेको नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई बधाई तथा आगामी खेलको लागि शुभेच्छासहित प्रोत्साहन दिन चाहन्छु ।’
Discussion about this post