बाँके कार्तिक १ गते ।
नवदुर्गा भवानीको प्रसादस्वरूप मान्यजनबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाउने क्रम आज पनि जारी छ । आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि शुरु भएको यो क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।
यस वर्ष भोलि कोजाग्रत पूर्णिमा परेको छ । त्यस दिनसम्म देवीको प्रसाद लगाउनु शास्त्रसम्मत हुने छ । कोजाग्रत पूर्णिमाका दिन रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् बडादशैं समाप्त हुन्छ ।
बडादशैं मनाउन नेपालगन्जबाहिर गएका मानिस फर्किन थालेका छन् । योसँगै सुनसान बनेको नेपालगन्जमा चहलपहल बढ्न थालेको छ । टाढा–टाढा आफन्त एवं मान्यजन हुनेहरु अहिले पनि नवदुर्गाको प्रसाद ग्रहणका लागि गइरहेको देख्न सकिन्छ ।
Discussion about this post