बाँके कार्तिक १ गते ।
लुम्बिनी प्रदेश सरकारका वन वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र हमालले आज विहानै बाँकेको कुसुम क्षेत्रका काँग्रेस कार्यकर्ता तथा स्थानीयसँग भेटघाट गर्नुभएको छ ।
मन्त्री भइसकेपछि पहिलो पटक गृहनगर नेपालगन्ज आउनेक्रममा कुसुममै बास बस्नुभएका मन्त्री हमालले अगैया, सम्शेरगन्जका स्थानीयसँग पनि विहानै भेटघाट गर्नुभएको स्वकिय सचिव फैयाज अन्सारीले जानकारी दिनुभयो ।
मन्त्री हमालको उपस्थितीमा नेपाली कांग्रेस कोहलपुर नगर समितिले पनि स्वागत तथा बधाई कार्यक्रम राखेको छ । कोहलपुरको कार्यक्रम सकेर नेपालगन्ज आइसकेपछि उहाँले प्रशिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको दर्शन गर्ने कार्यक्रम छ ।
त्यसपछि विभिन्न कार्यक्रममा सहभागी हुने स्वकिय सचिव अन्सारीले बताउनुभयो । नेपालगन्ज–२ घरबारीटोल निवासी ओलम्पियन हमाल नेपाली कांग्रेसको तर्फबाट बाँके प्रदेश सभा–२ (ख) बाट निर्वाचित हुनुभएको थियो ।
Discussion about this post