बाँके कार्तिक ५ गते ।
नेकपा एमालेले भोलि वडा अधिवेशन गर्दैछ । देशभरी नै वडा अधिवेशन गर्ने कार्यतालिका अनुसार बाँकेमा पनि वडा अधिवेशन हुने भएको हो ।
बाढी प्रभावित जिल्लामा भने अधिवेशन हुने छैन् । नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङले जिल्लाका ८१ वटै वडामा अधिवेशन हुने जानकारी दिनुभयो । वडा अधिवेशनबाट चार वर्षीय कार्यकालका लागि नेतृत्व छनौट हुनेछ ।
अधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको उहाँको भनाइ छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले आंकाक्षीहरु नेताहरुसँगको लविङमा छन् । कतिपयले कार्यकर्तासँग भेटघाटलाई व्यस्त तुल्याएका छन् ।
वडाअधिवेशन सकेपछि यही ९ गते पालिका अधिवेशन हुने छ । बाँकेमा एमालेका ८ हजार सदस्य छन् । एमालेले आगामी मंसिरमा पार्टीको दसौं राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने भएको छ ।
Discussion about this post