बाँके कार्तिक ६ गते ।
लुम्विनी प्रदेशका वन, वातावरण तथा भु संरक्षण मन्त्री सुरेन्द्र हमालले बाँकेका पत्रकारमाथि आक्रमणको प्रयास गर्ने जनप्रतनिधिलाई कारवाहीको माग गर्नुभएको छ ।
जानकी गाउँपालिका २ का वडाअध्यक्ष चन्द्रीका प्रसाद गुप्ता, उनका भाइलगायतको समूहले पत्रकार रविन्द्र घिमिरे र जावेद अन्सारीलाई वडा कार्यालयमै आक्रमणको प्रयास गरेको थियो ।
त्यसक्रममा पत्रकारद्धय घिमिरे र अन्सारीमाथि दुव्र्यवहार गरेका थिए । वडाले प्रवाह गर्ने सेवासुविधामा वडाअध्यक्ष गुप्ताले विभेद गर्ने गरेको गुनासो आएपछि घिमिरे र अन्सारी स्थलगत रिपोर्टिका लागि वडा कार्यालयमै पुग्नुभएको थियो ।
उक्त घटनामा दोषीलाई कारवाही गर्न प्रहरी प्रशासनलाई माग गरिएपनि अहिलेसम्म सुनुवाइ भएको छैन । त्यहीक्रममा वनमन्त्री हमालले दोषीलाई कारवाही गर्न माग गर्नुभएको हो। उहाँले पत्रकारमाथि आक्रमण गर्ने र दुव्र्यवहार गर्नेलाई कारवाही नगरिए त्यो सह्रय नहुने चेतावनी दिनुभयो ।
उहाँले प्रमुख जिल्ला अधिकारी र एसपीलाई घटनाबारे ध्यानाकर्षण गराइने बताउनुभयो । उहाँले पत्रकारलाई आक्रमण गर्ने व्यक्तिलाई कानुनी कारवाही गरेर समस्या समाधान गर्न आग्रह गर्नुभयो।
पत्रकार देशको चौथो अंग भएको, जनताको आँखा खोल्ने सारथी भएको स्मरण गर्दै पत्रकारमाथिको दुव्र्यवहार काँग्रेसलाई सह्रय नहुने उहाँको थप चेतावनी छ ।
Discussion about this post