बाँके कार्तिक ९ गते ।
बाँके प्रहरीले ठूलो परिमाणको लागु औषध ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह नाकामा चेकजाँचका क्रममा १५ ग्राम ६ सय मिलिग्राम ब्राउन सुगरसहित महादेवस्थान ३ काभ्रेका ३४ वर्षीय मानबहादुर रोका पक्राउ परेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।
रोकालाई इप्रका जमुनाहका इन्चार्ज मीनबहादुर विष्ट र लागु औषध व्यूरोको संयुक्त टोलीले पक्राउ गरेको हो ।
आलुको चिप्स भित्र लुकाइ नेपाल ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको बताइएको छ । पक्राउ परेका रोकामाथि थप अनुसन्धान भइरहेको पनि बाँके प्रहरीले जनाएको छ।
Discussion about this post