खोजखबर संवाददाता बाँके असोज ४ गते । नेपालगन्जको नर्सिङ होम अगाडी आज मोटरसाइकलको ठक्करबाट मृत्यु भएकी सीता चौधरीका आफन्तले नेपालगन्जको नर्सिङ होम अगाडि चक्काजाम गरेका छन।
ठक्कर दिएर भाग्ने मोटरसाइकल चालकलाई समातेर कारबाही गरिनुपर्ने भन्दै मृतक चौधरीका आफन्तहरु सडकमा उत्रिएका हुन। उनीहरुले सवारी साधन चल्न दिएका छैनन।
आज बिहान साढे १० बजे स्प्लेन्डर मोटरसाइकलले ठक्कर दिदा गम्भीर घाइते भएकी दाङ गढवाकी सीता चौधरीको नर्सिङ होम लैजादै गर्दा मृत्यु भएको थियो। उनको टाउकोमा चोट लागेको थियो।
ठक्कर दिने मोटरसाइकल फरार रहेको ट्राफिक प्रहरी कार्यालय नेपालगन्जले जानकारी दिएको छ । फरार रहेको मोटरसाइकल र चालकको खोजीका लागि सबै स्थानका प्रहरी युनिटलाई जानकारी गराइसकेको नेपालगन्ज ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक भिम ओलीले बताए।
Discussion about this post