एजेन्सी
काठमाडौं कार्तिक १५ गते ।
जापानमा रेल स्टेशनमा चक्कु प्रहार हुँदा १७ जना घाइते भएका छन्।
राजधानी टोकियोस्थित भूमिगत रेलेवे स्टेशनमा अज्ञात व्यक्तिले छुरा प्रहार गर्दा १७ जना घाइते भएको टोकियो टाइम्सले जनाएको छ। भेष बदलेर आएका ती व्यक्तिले रेलवे स्टेशनमा जथाभावी छुरा प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्।
घटनामा संलग्न रहेको आशंकामा २० वर्षिय एक युवक पक्राउ परेको प्रहरीले जनाएको छ। चक्कु प्रहार भएलगत्तै गाडीमा आगजनीसमेत भएको बताइएको छ।सो व्यक्तले नै सवारीसाधानमा आगजनी गरेको हो वा होइन भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जापानमा हिंसात्मक गतिविधिहरु कम हुने भएपनि हालैका दिनमा छुरा प्रहारका घटनाहरु बढ्दै गएको बताइएको छ ।
गत अगस्टमा टोकियोमा गुडिरहेको रेलमा छुरा प्रहार हुदा १० जना घाइते भएका थिए।
Discussion about this post