बाँके कार्तिक १७ गते ।
नेपालगन्जस्थित राँझा विमानस्थल कमपाउण्डको झाँडी तथा बुट्याउन हटाइएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले झाँडी हटाएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारी नेतृत्वमा ३० जना, सशस्त्र प्रहरीका सहयाक प्रहरी निरीक्षक नवराज शाहीको नेतृत्वमा ४० जना र भैरवदल गणका प्रमुख सेनानी जनमत कार्कीको नेतृत्वमा ९० जनागरी कूल १६० जनाको टोलीले आज विहान ३ घण्टा झाँडी सफाइ गरेको छ ।
उड्ने तयारीमा रहेको सीता एअरको विमानमा एकैसाथ तीनवटा बँदेल ठोक्किएपछि एअरपोर्ट कमपाउण्डको झाँडी तथा बुट्याउन सफाइ गर्न सुरु गरिएको हो ।
योभन्दा पहिले पनि जहाजमा बँदेल ठोक्किएको थियो । रन वे मै जंगली जनावर ठोक्किन थालेपछि विमानस्थल कमपाण्डलाई सफाइ गर्न लागिएको बताइएको छ ।
Discussion about this post