बाँके कार्तिक २२ गते ।
बाँके प्रहरीले लागु औषध मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । खजृुरा गाउँपालिका–३ बाँकेका २३ वर्षीय शिशिर श्रेष्ठलाई इप्रका धनौलीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
श्रेष्ठलाई २०७५ साल मंसिर २३ गते जिल्ला अदालतले लागु औषध मुद्दामा दोषी ठहर गर्दै ४ वर्ष १० दिन कैद र पाँच हजार जरिवाना फैसला सुनाएको थियो ।
त्यसपछि श्रेष्ठ फरार हुँदै आएका थिए । घरैबाट पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।
Discussion about this post