बाँके कार्तिक २३ गते ।
कोहलपुर–१४ हवल्दारपुरमा पैदल रहेका विनोद अधिकारीलाई ठक्कर दिएर फरार भएको बा ०१–०२५ च ८८–३९ नम्बरको स्कोडा कारलाई दुर्घटनाको १२ घण्टापछि प्रहरीले फेला पारेको छ । तर सो कार चलाउने चालक भने अझै फरार रहेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी रविन्द्र खनालले दिनु भएको जानकारी अनुसार अधिकारीलाई ठक्कर दिने कारका मालिक सरोज हमाल रहनु भएको र दुर्घटनाको समयमा उक्त कारलाई उहाँको छोरा अनिश हमालले चलाउनु भएको बुझिएको बताउनुभयो ।
तर, विजय ढुंगेल भन्ने एकजनाले आफुलाई सो कारको चालक बताउँदै प्रहरी कार्यालयमा आएको जनाउँदै डीएसपी खनालले ढुंगेल नक्कली चालक रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताउनुभयो ।
उहाँले गाडी चलाउने हमालको खोजी भइरहेको पनि बताउनुभयो । सो दुर्घटनामा ३२ बर्षीय विनोद अधिकारीको मृत्यु भएको थियो ।
सो कार फेला परेपनि यसअघि नेपालगञ्जको त्रिभुवन चोक नजिकको सदरलाइनबाट एक बालिकालाई ठक्कर दिएर मारेर भाग्ने मोटरसाइकलको भने अझै कुनै पत्तो लागेको छैन । त्यसका लागि बालिकाका आफन्तले पटक पटक आन्दोलन गरेपनि अझै दोषीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।
Discussion about this post