बाँके कार्तिक २४ गते ।
भारतबाट भन्सार छलिको अवैध सामान बाँके प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार नेपालगन्ज उपमहानगरपालिका–१० बाट चोरी पैठारी गरी ल्याइएको लत्ताकपडा, सुपारीलगायतका सामान बरामद भएको हो ।
५६ हजार ८ सय मूल्य बराबरको सो सामान थप कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
Discussion about this post