बाँके कार्तिक २६ गते ।
नेपाली कांग्रेस बाँकेको निर्वाचन कार्यतालिक एक दिन पछाडि धकलिएको छ । क्षेत्र नम्बर १ का सभापति माधवराम खत्रीले महाधिवेशनको मुखमा आएर फर्जी क्रियाशील सदस्यहरुको नामावली केन्द्रमा पठाएको भन्दै अर्को पक्षले पार्टी कार्यालयमा रहेको निर्वाचन समितिको कार्यकक्षमा तालाबन्दी गरेपछि निर्वाचन कार्यतालिका प्रभावित भएको हो ।
भोलिका लागि तोकिएको वडाअधिवेशन अव पर्सि आइतवार हुने भएको छ । भोलि अधिवेशनका लागि मनोनयन दर्ताको समय तोकिएको छ ।
कार्यतालिका अनुसार बाँकेमा ३० गते तोकिएको पालिका अधिवेशन मंसिर १ गते, मंसिर ३ गते तोकिएको प्रदेशसभा क्षेत्रीय अधिवेशन अब मंसिर ४ गते र मंसिर ६ गते तोकिएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन अब मंसिर ७ गते हुने छ ।
मंसिर १० गते हुने जिल्ला अधिवेशन अब ११ गते हुने भएको छ ।
Discussion about this post