बाँके कार्तिक २८ गते ।
अमेरिकाबाट कोभ्याक्स सुविधामार्फत बाँकेमा आएको फाइजर खोप आजदेखि १२ वर्ष उमेरभन्दा माथिका दीर्घ रोगीलाई लगाउन लागिएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले भेरी अस्पताल नेपालगन्जबाट खोप लगाउन लागिएको जानकारी दिनुभयो ।
मंसिर ४ गतेसम्म लगाइने यो खोप यसअघि खोप लगाउन छुटेका १८ वर्षमाथिका दीर्घरोगीलाई पनि लगाइने उहाँले जानकारी दिनुभयो । विशेषज्ञ चिकित्सकहरुले गर्ने सिफारिसका आधारमा खोप लगाइने छ ।
यसक्षेत्रमा सिकलसेलका बिरामीलाई पनि खोप लगाइने छ । बाँकेमा १ हजार ८ सय डोज खोप आएको छ ।
Discussion about this post