बाँके कार्तिक २८ गते ।
भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएको विभिन्न सामाग्री बाँके प्रहरीले नेपालगन्जबाट बरामद गरेको छ ।
बाँकेका एसपी श्यामकृष्ण अधिकारीका अनुसार भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएको लेडिज कपडा, गहुँ, युरिया मल नेपालगन्जको गणेशमान चोकबाट बरामद भएको हो ।
बरामद गरिएको सो सामान करिव ६३ हजार मूल्य बराबरको रहेको उहाँको भनाइ छ ।
यस्तै भन्सार छलिकै एकलाख बराबरको तालाचावी, मोजा पनि बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक विवेक अधिकारीको कमाण्डमा खटिएको टोलीले सो सामान बरामद गरेको हो ।
बरामद गरिएको सामान थप कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको एसपी अधिकारीले बताउनुभयो ।
Discussion about this post