बाँके मंसिर २ गते ।
नेपाली कांग्रेस १४ औ महाधिवेशन अन्तर्गत बाँके जिल्ला नेपालगंज उप महानगरपालिकाको नेतृत्वमा विनोद रिजाल प्यानलप्रतिको रुचि कार्यकर्तामा बढी देखिएको छ ।
प्रतिबद्धन्द्धी उमा थापामगरले उपमेयर पदमा रहँदा आसेपासेलाई मात्र पोस्ने काम गरेको र हालका नगरसभापति प्रशान्त विष्ट अवसरवादी र कमाउ धन्दामा पार्टी भुल्ने गरेको आरोप छ ।
रिजाल कार्यकर्तामाझ स्वच्छ छविका नेताका रुपमा परिचित रहनुभएको छ । रिजाल मात्र होइन टिम नै इमान्दार, लगनशील, समाजसेवी रहेको कार्यकर्ताहरु बताउँछन् ।
उपसभापति जि नुरैन मुल्तमिस (साहिल) र अतुल कुमार गुप्ता, सचिवमा कुन्तल राज शर्मा, सहसचिवमा नर्मदा शाही र पूर्ण प्रकाश डाँगी चुनावी प्रतिस्पर्धामा रहनुभएको छ ।
Discussion about this post