बाँके मंसिर १३ गते ।
बाँकेबाट झन्डै आाधा दर्जन नेताहरु एमालेको केन्द्रीय नेतृत्वमा निर्विरोध भएका छन् । एमालेको दशौं अधिवेशनबाट तीन सय एक केन्द्रीय सदस्यहरु चयन हुनेक्रममा बाँकेबाट पाँच जना परेका हुन् ।
पशुपति दयाल मिश्र, शान्ति ढकाल, दिपा शर्मा, हारुन हलवाई र सूर्य ढकाल केन्द्रीय सदस्यमा निर्विरोध हुनुभएको हो । मिश्र केही साता अघिमात्रै एमालेमा प्रवेश गर्नुभएको थियो ।
Discussion about this post