बाँके मंसिर १५ गते ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशनमा बाँकेबाट आधा दर्जन बढी नेताले केन्द्रीय पदाधिकारी तथा सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
राजेन्द्र लिङदेल प्यानलबाट महामन्त्रीमा नेपालगन्जका मेयर धवलशम्शेर राणाले उम्मेदवारी घोषणा गर्नुभएको छ । यस्तै केन्द्रीय सदस्यमा ऋषि देवकोटाले पनि उम्मेदवारी दिने हुनुभएको छ ।
यस्तै कमल थापा प्यानलबाट बाँकेका हिक्मत ढकाल, फत्तेसिंह थारु र पवित्रा सुब्बाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँहरुले मतदातासँग भोट माग्न सुरु गरिसक्नुभएको छ ।
सामाजिक सञ्जाल, भेटघाट र फोन सम्पर्कको माध्यमबाट मत माग्ने काम भइरहेको केन्द्रीय सदस्यका उम्मेदवार ढकालले बताउनुभयो ।
Discussion about this post