बाँके मंसिर १७ गते ।
आजदेखि बाँकेसहित ७७ वटै जिल्लाका पालिकाहरुमा मतदाता नामावली संकलन सुरु गरिएको छ ।
निर्वाचन आयोगको देशव्यापी अभियान अन्तर्गत पहिलो चरणमा बाँकेमा आजदेखि खजुरा, नरैनापुर र बैजनाथ गाउँपालिकामा नामावली संकलन सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख खुमप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
यी पालिकाका केन्द्रमा आजदेखि पुस २ गतेसम्म १५ दिन लगाएर नामावली संकलन गरिने छ । पुस ४ गतेदेखि १८ गतेसम्म डुडुवा, राप्तीसोनारी र जानकी गाउँपालिकामा मतदाता नामावली संकलन हुनेछ ।
नेपालगन्ज उपमहानगरपालिकाको हकमा भने जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालय तथा कोहलपुर नगरपालिकाको हकमा इलाका प्रशासन कार्यालय कोहलपुरबाट मतदाता नामावली संकलन हुने प्रमुख सुवेदीले जानकारी दिनुभयो ।
Discussion about this post