बाँके मंसिर २० गते ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिमा बाँकेबाट ७ जनाको प्रतिनिधित्व भएको छ । सहमहामन्त्रीमा दुई जना उम्मेदवार भएपनि विजय हासिल गर्न नसकेका कारण पदाधिकारीमा भने बाँकेको उपस्थिति हुन सकेन् ।
जिल्लागत खुला सदस्यमा टेकनारायण भुषाल निर्वाचित हुनुभयो । यस्तै खुला सदस्यमा प्रेम केसी, खुला महिला सदस्यमा अन्जना पाण्डे र मुस्लिम सदस्यमा इसाक जोलाह विजयी हुनुभयो ।
यस्तै जिल्लागत खुला महिलातर्फ दिक्षा कोइराला, मधेशी महिलामा परमेश्वरी पाठक र थारु महिलातर्फ कृष्ण कुमारी सापकोटा चौधरी निर्वाचित हुनुभएको छ । निर्वाचित सबै सभापति अमरसिंह पुन प्यानलका हुनुहुन्छ ।
Discussion about this post