बाजुरा मंसिर २२ गते ।
बाजुराको हिमाली गाउँपालिकामा उच्च रक्तश्रावका कारण एक सुत्केरीको ज्यान गएको छ । हिमाली–४ तिथिचौरकी २१ वर्षीया गङ्गा चदारको रक्तश्रावका कारण ज्यान गएको हो ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमकला मल्लका अनुसार चदारले घरमै शिशुलाई जन्म दिनुभएको थियो । त्यसको केहीबेरमै उहाँको ज्यान गएको थियो । घरमै सुत्केरी हुनुभएकी गङ्गालाई रक्तश्रावपछि स्वास्थ्यचौकी नलगी झाँक्रीकहाँ लगिएको थियो ।
Discussion about this post