बाँके मंसिर २३ गते ।
आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस, ‘भ्रष्टाचार बहिस्कार गर्न तपाईँको अधिकार, तपाईँको भूमिका’ नाराका साथ दिवस मनाउन लागिएको छ ।
दिवसको अबसरमा नेपालगन्जमा बिहान र्याली निकालिएको थियो । संयुक्त राष्ट्रसङ्घले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर हरेक वर्ष डिसेम्बर ९ तारिखमा यो दिवस मनाउने गरिन्छ ।भ्रष्टचार हुन नदिने भनिए पनि नेपालमा भ्रष्टाचार मौलाउँदो छ ।
पछिल्लो समय नेपालमा ५८ प्रतिशतले भ्रष्टाचार बढिरहेको ग्लोबल करप्सन ब्यारोमिटर एसियाको सन् २०२० को प्रतिवेदनमा उल्लेख छ । सरकारी कार्यालय भ्रष्टाचार हुने प्रमुख क्षेत्रका रुपमा रहेको समेत पाइएको छ ।
भ्रष्टाचार विरुद्धको राजनीतिक प्रतिबद्धता र शून्य सहनशीलता बोल्ने नारामा मात्र सीमित रहेकाले भ्रष्टाचार कम हुन नसकेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ ।
तर सूचना प्रविधिको अधिकतम उपयोग गर्दै अनलाइन सेवालाई थप सुदृढ बनाउँदै लगेकाले भ्रष्टाचार कम हुँदै गएको सरकारको दाबी छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले दिवसका अवसरमा शुभकामना दिँदै विकास आयोजनासहित हरेक क्षेत्रमा सुशासन कायम गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
Discussion about this post