बाँके मंसिर २६ गते ।
बाँकेको डुडुवा गाउँपालिकास्थित सिधनिया घाटमा फोहोर संकलनका लागि ६ वटा डस्वीन राखिएको छ ।
होलिका बचत तथा ऋण सहकारी संस्था र नेपालगन्ज ग्यालरीको सहयोग र सहकार्यमा ६ ठाउँमा सिमेन्टका डस्वीन राखिएको हो ।
राप्तीनदीको सिधनिया घाटमा दाहासंस्कार देखि पूजापाठका लागि मानिसहरु प्राय पुग्ने गर्छन् । उनीहरुले जथाभावी फोहोर फाल्ने गरेका छन् ।
जस्का कारण उक्त क्षेत्र दुर्गन्धित बन्दै गएको छ । यही कुरालाई दृष्टिगत गरी सहकारी र नेपालगन्ज ग्यालरीले सिमेन्ट रिंगका डस्वीन राखिएको नेपालगन्ज ग्यालरीका एडमीन समिरमान श्रेष्ठले जानकारी दिनुभयो ।
सिमेन्टका रिंग राख्दा चोरी नहुने र फुट्ने जोखिम पनि कम हुने श्रेष्ठको भनाइ छ ।
Discussion about this post